भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि « Khabarhub

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै मात्र १७४ रन बनाउन सक्यो ।

भारतका लागि आदर्श सिंहले ७७ बलमा एक छक्का र चार चौकासहित ४७ रन बनाए । त्यस्तै मुरुगन पेरुमल अभिषेकले ४२, मुशीर खानले २२ रन बनाए ।

अष्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले तीन तीन विकेट लिए । चार्ली एन्डरसनले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलियालेले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान ह्युज वेइबगेनले ४८ रन, ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रनको योगदान दिए

भारतका लागि राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिए ।

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको थियो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : २९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।