भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि « Khabarhub

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू–१९ विश्वकपको उपाधि


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै मात्र १७४ रन बनाउन सक्यो ।

भारतका लागि आदर्श सिंहले ७७ बलमा एक छक्का र चार चौकासहित ४७ रन बनाए । त्यस्तै मुरुगन पेरुमल अभिषेकले ४२, मुशीर खानले २२ रन बनाए ।

अष्ट्रेलियाका लागि महली बर्डम्यान र राफेल म्याकमिलनले तीन तीन विकेट लिए । चार्ली एन्डरसनले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको अष्ट्रेलियालेले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रन बनाएका थिए । त्यस्तै कप्तान ह्युज वेइबगेनले ४८ रन, ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रनको योगदान दिए

भारतका लागि राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिए ।

भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको थियो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : २९ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश