पाकिस्तानमा राजनीतिक हिंसा मच्चिँदा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा राजनीतिक हिंसा मच्चिँदा तीन जनाको मृत्यु


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार दुई राजनीतिक प्रतिद्वन्द्वी दलहरूबीच भएको झडपमा तीन जनाको मृत्यु हुनाका साथै अन्य सात जना घाइते भएका छन् ।

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) र ग्रान्ड डेमोक्रेटिक एलायन्स (जीडीए) का कार्यकर्ताहरू बीच लारकाना जिल्लामा सशस्त्र झडप भएको हो ।

प्रतिद्वन्द्वीबीचको चर्को बहसले उग्ररूप लिँदा गोली हानाहान भएको र दुवै पक्षका कार्यकर्ताका साथै उनीहरूको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको थियो ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षकसहित तीन जनाको मृत्यु भएको स्रोतले जनाएको छ । प्रहरीको हस्तक्षेपपछि आन्दोलनकारी तितरबितर भएको र स्थिति नियन्त्रणमा आएको स्रोतले जनाएको छ ।

साथै एकजना प्रहरी अधिकारी सहित घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ४८ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३