एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि | Khabarhub Khabarhub

एमालेको बैतडी जिल्ला अधिवेशन आजदेखि


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा एमालेको जिल्ला अधिवेशन आज सुरु हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।

अधिवेशनमा सबै वडाबाट ६ सयभन्दा बढी प्रतिनिधि छनोट भएको जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएको र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन् ।

आगामी नेतृत्वका लागि नेताहरू आन्तरिक तयारीमा जुटिरहेको र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ । अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।

अध्यक्षका लागि नरेश बिक, हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ४५ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको