युक्रेनलाई लडाइँमा कहिलेसम्म सहयोग गर्ने ? | Khabarhub Khabarhub

युक्रेनलाई लडाइँमा कहिलेसम्म सहयोग गर्ने ?

युरोपेली सहयोगको चर्चा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रुसी विद्रोही नेता एलेक्सी नाभाल्नीको विधुवाले युरोपेली संसदमा केही दिन गम्भीर विषयमा कुरा उठाएकी छिन्। उनले युरोपेली संसद्लाई सम्बोधन गर्दै पुटिनलाई हराउने हो भने केही नयाँ गर्नुपर्ने कुरामा जोड दिएकी छिन्। उनले अहिलेको निराशाजनक अवस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएकी छिन्। उनको यो अभिव्यक्तिले युरोपेली नेता एक किसिमको गम्भीर विषयमा सोच्न बाध्य भएका छन्।

यो निराशाजनकको अर्थ तथा नयाँपनको मतलब फरक अर्थ छ। युक्रेनलाई सहयोग मात्र गरेर केही हुने वाला छैन। रुसलाई दबाब दिनका लागि अन्य धेरै काम गर्नु आवश्यक छ।

अमेरिकामा डोनाल्ड ट्रम्पको उम्मेदवारी नयाँ तरङ्ग ल्याएको छ। कतै अमेरिकाले नै युक्रेनलाई सहयोग गर्न छाड्ने त होइन भन्ने आशङ्का पनि बढ्न थालेको छ। युक्रेन माथिको ६० अर्ब अमेरिकी डलरको सहयोगको प्रस्ताव अमेरिकी संसदमा रोकिएको छ। रुस भने अहिले युक्रेनसँग कम हतियार भएको मौकाको फाइदा उठाउन तत्पर छ। रुसले युक्रेनलाई हमला गरेको दुई वर्ष भइसकेको छ।

यो दुई वर्षको बिचमा युरोपेली देशले किभलाई जोगाउन भरमग्दुर सहयोग गरेका छन्। जनवरीमा युरोपेली युनियन अनुदान तथा सहयोगको रूपमा युक्रेनलाई ५० अर्ब अमेरिकी डलर दिन राजी भइसकेको छ।

यो दुई वर्षको बिचमा युरोपेली देशले किभलाई जोगाउन भरमग्दुर सहयोग गरेका छन्। जनवरीमा युरोपेली युनियन अनुदान तथा सहयोगको रूपमा युक्रेनलाई ५० अर्ब अमेरिकी डलर दिन राजी भइसकेको छ।

अहिले युरोपेका धेरै नेता युक्रेनलाई थप हतियार सहयोग गर्न आतुर छन्। तर, समस्या यत्तिमा छैन। युरोपका केही देश अझै आफूलाई सुरक्षित राख्ने खालको हतियार साथमा राख्न असक्षम छैनन् भन्ने प्रसङ्ग उठेको छ।

अहिले कसरी युक्रेनको रक्षा गर्ने र रुसलाई थप दबाब दिने भन्ने प्रसङ्गमा धेरै युरोपेली देश चिन्तन गर्न थालेका छन्। पहिलो विषय भनेको त प्रशस्त हतियार नै हो।

अहिले युरोपेली राष्ट्रमा युक्रेनलाई थप हतियार दिने विषयमा छलफल भइरहेको छ। बेलायती विदेश सचिव डेभिड क्यामरुनले संसदमा एउटा नयाँ प्रस्ताव राखेका छन्। उनको प्रस्ताव अनुसार डेट एक्सपायर भएर कुनै हतियार खेर जानुको साटो त्यो युक्रेनलाई दिनु उपयुक्त पनि हुनसक्छ। युद्ध भइरहँदा युरोपेली नेताहरू युक्रेनलाई के सहयोग गर्ने भन्ने निर्णय गर्न नसकेकै कारण धेरै पीडामा छन्।

उनले पूर्वी युरोपका देश पुरानो सोभियत गणराज्य भएका कारण पनि त्यहाँ युक्रेनका लागि उपयुक्त हुन सक्ने धारणा राखेका छन्। पछिल्लो समय जर्मनीले टाउरस मिसाइल पठाएको छ। सो मिसाइलको रेन्ज पाँच सय सय किलोमिटरसम्म छ। सो रेन्ज बेलायतले पठाएको हतियार भन्दा बढी प्रभावकारी हो। धेरै सहयोगीहरूले टाउरसले रुसले तयार गरेको डिफेन्स लाइन भित्र प्रवेश गरेर युक्रेनलाई धेरै सहयोग गर्ने अपेक्षा गरेका छन्।

अहिले युरोपेली राष्ट्रमा युक्रेनलाई थप हतियार दिने विषयमा छलफल भइरहेको छ। युद्ध भइरहँदा युरोपेली नेताहरू युक्रेनलाई के सहयोग गर्ने भन्ने निर्णय गर्न नसकेकै कारण धेरै पीडामा छन्।

जर्मन चान्सलर ओलाफ स्कल्ज भने कतै यो हतियार सैन्य क्षेत्रमा भन्दा पनि बस्तीमा प्रहार त हुने होइन भन्ने कुरामा पनि सावधान हुन चाहन्छन्। अहिले युक्रेनलाई आर्टीलरी सेलको सहयोग समेत आवश्यकता रहेको जनाइएको छ। ८ लाख राउन्ड यो खरिद गर्नका लागि चेक गणतन्त्रले १ दशमलव ५ अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

यो निर्माणका लागि अन्य १८ देशको पनि साथ रहने छ। फ्रान्स लगायत युरोपेली देशको यो महत्त्वपूर्ण सहयोग हो। परन्तु, यो युक्रेनले चाहे जस्तो पर्याप्त भने होइन।

अहिले रक्षामा धेरै खर्च गर्ने युरोपेली देशको नीति बनेको छ। नेतृत्वले युरोपियन इन्भेस्टमेन्ट बैङ्कसँग रक्षामा लगानी बन्द गर्ने निर्णयमा परिवर्तन गर्न अपिल गरेका छन्। निर्मातालाई अनुरोध गरेर कम मूल्यमा हतियार किन्ने लगायत रक्षा क्षेत्रमा केन्द्रित रहेर युरोपेली नेताले धेरै निर्णय गरेका छन्। धेरै देशको नेतृत्वले हतियार उत्पादकसँग लामो समयको सम्झौता गर्ने नीति लिएका छन्। यो निर्णय जोखिमपूर्ण हो। तथापि सबैका लागि यो निर्णय अहिले अत्यावश्यक भइसकेको छ। दुई वर्षदेखिको युद्धले एउटा गति लिनु आवश्यक छ। धेरै युरोपेली देशका नेताकै लागि यसरी लामो समय युक्रेनलाई सहयोग गरिरहनुको साटो एकै पटक सहयोग गरेर पुटिनलाई परास्त गर्नु उपयुक्त हुनसक्छ।

इस्टोनियाले एउटा नयाँ प्रस्ताव ल्याएको छ। सबै नाटो देशले आफ्नो आउट पुटको शून्य दशमलव २५ प्रतिशत युक्रेनलाई सैन्य सहयोग गर्न प्रस्ताव गरेको छ। यो प्रस्ताव अनुसार वार्षिक १ सय २० अर्ब उठ्ने रहेछ। धेरै देशले यसलाई सही उपाय पनि ठानेका छन्। धेरै देशले युक्रेनलाई युद्ध ऋण दिने प्रस्ताव पनि गरेका छन्। यो उपाय दोस्रो विश्व युद्धको समयमा सोभियत संघले गरेको थियो।

अहिले युरोपेली युनियन आफ्नो नाफाबाट युक्रेनलाई सहयोग गर्न चाहन्छ। यो सहयोगले रुसलाई कमजोर बनाउने उनीहरूको नीति हो। यो नीति युक्रेनलाई सहयोग गर्नका लागि मात्र होइन, रुसलाई आर्थिक रूपले कमजोर बनाउनका लागि पनि हो।

अहिले युरोपेली युनियन आफ्नो नाफाबाट युक्रेनलाई सहयोग गर्न चाहन्छ। यो सहयोगले रुसलाई कमजोर बनाउने उनीहरूको नीति हो। यो नीति युक्रेनलाई सहयोग गर्नका लागि मात्र होइन, रुसलाई आर्थिक रूपले कमजोर बनाउनका लागि पनि हो। अहिले धेरै पूर्वी युरोपेली देशले आश्चर्यमा पार्दै पश्चिमी देशले भन्दा बढी सहयोग गरिरहेका छन्।

फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले पश्चिमा देशले सहयोग बढाउनु पर्नेमा जोड दिइरहेका छन्। अहिले युरोपेली नेताले यसरी युक्रेनको सवालमा चासो दिनुको मूल कारण भनेको लामो समयसम्म रुसको हेपाहा प्रवृत्तिलाई नियन्त्रण गर्ने नै हो। युरोप र अमेरिकालाई हेरीरहेका धेरै थिङ्क ट्याङ्क मध्ये प्रत्येक १० मा १ जना मात्र युक्रेनले तत्काल जित हात पार्ने कुरा सोच्छन्। धेरै युरोपेली नेतालाई सीमामा रुसी गतिविधिको बारे जानकारी नभएका कारण पनि हो।

बेलायती थिङ्क ट्याङ्क चाथम हाउसका सिनियर कल्सन्ट्यान्ट फेलो केर गेयर माथिल्लो तहका राजनीतिज्ञले अहिलेको घटनाक्रमले तल्लो तहका सामान्यलाई पर्ने असरका बारे प्रस्ट बुझेको कुनै प्रमाण नभएको बताउँछन्।

यस कारण अहिले युरोपमा एक किसिमको चुनौती छ। यो अवस्था छाडी रहने हो भने युद्धले अझ लामो समय लिन सक्छ। थप सहयोगमा रुसले हारको पीडामा सीमामा अन्य सामान्य विदेशीमाथि गर्ने ज्यादती पनि खतरनाक हुनसक्छ। फ्रान्सेली राष्ट्रपति म्याक्रोन युरोपले प्रशस्त सहयोग नगरेकोमा आलोचना गर्छन्। म्याक्रोन अझ थप सहयोग अपरिहार्य भइसकेको कुरामा जोड दिन्छन्।

फ्रान्सेली राष्ट्रपति म्याक्रोन युरोपले प्रशस्त सहयोग नगरेकोमा आलोचना गर्छन्। म्याक्रोन अझ थप सहयोग अपरिहार्य भइसकेको कुरामा जोड दिन्छन्।

युद्ध सुरु भएदेखि नै फ्रान्सले भने युक्रेनलाई धेरै नै सहयोग गरेको थियो। सुरुवाती चरणमा नै फ्रान्सले दुई दशमलव ६१५ अर्ब युरो बराबरको सहयोग गरेको थियो।

युरोपेली शान्ति अभियानलाई १ दशमलव २ युरो सहयोग गरेको फ्रान्सको सहयोग २४ फेब्रुअरी २०२२ देखि ३१ डिसेम्बर २०२३ सम्म ३ दशमलव ८ अर्ब युरो पुगेको हो। सुरुवातमा नै १० हजार युक्रेनी सेनालाई फ्रान्सले पोल्यान्ड र फ्रान्समा ल्याएर प्रशिक्षण दिएको थियो।

अहिले युरोपमा चलेको यो बहसका कारण युद्ध नयाँ दिसामा जानसक्ने छ। सायद अबको केही समयमा थप युरोपेली सहयोगका कारण युक्रेनको आक्रमण प्रभावकारी पनि हुनसक्ने छ। स्रोत : बीबीसी, फ्रान्सेली रक्षा मन्त्रालय

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ४२ बजे

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको