रास्वपा केन्द्रीय समिति बैठक बस्दै, इलाम–२ को उपनिर्वाचनबारे छलफल हुने « Khabarhub

 रास्वपा केन्द्रीय समिति बैठक बस्दै, इलाम–२ को उपनिर्वाचनबारे छलफल हुने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

यस्तै, बैठकमा प्रदेशसभातर्फ बझाङ–१(१) मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । यसअघिको निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्न लागेको हो ।

रास्वपाले इलाम–२ मा हुने उपचुनावका लागि यसअघि नै ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम गरिसकेको छ । जसका लागि कमाण्डरका रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई त्यसतर्फ पठाएको थियो ।

नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ४७ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस