राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी « Khabarhub

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

शर्माले संघीय संसद भवन नयाँबानेश्वरमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

शर्माको प्रस्तावकमा कंग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कंग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह छन् ।

संसद सचिवालयले आज दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय निर्धारण गरेको छ । यस्तै, दिउँसो साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ११ : ४० बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर