सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन « Khabarhub

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बलेवा– सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा भीषण पहिरो खसेको थियो । सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीका सवारी सञ्चालनमा आएका छन् ।

पहिरोले बागलुङ-गुल्मी खण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो । यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । 

बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए । दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनीयर छकबहादुर गुरुङले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : १४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।