चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा « Khabarhub

चाडपर्वले हामीलाई समृद्ध बनाएका छन् : प्रदेश प्रमुख शर्मा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको २५५१औँ ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको बताएका छन् ।

शुभकामना सन्देशमा प्रमुख शर्माले यसमा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई थप समृद्ध बनाएको बताए । आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पनि एक महत्वपूर्ण पर्व भएको प्रमुख शर्माको भनाइ छ । 

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध विशेषताका कारण विश्वमान चित्रमा हाम्रो छुट्टै पहिचान बनेको बताए ।

 ‘हाम्रो यो पहिचान निर्माणका लागि हाम्रा चाडपर्वको उल्लेखनीय भूमिका रहेको छ ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा उल्लेख छ,’विभिन्न ल्होसारमध्ये ग्याल्पो ल्होसार पर्व हामी नेपालीहरुको राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बन्न पुगेको छ ।’ 

प्रमुख शर्माले यो पर्वले आपसी सद्भाव एवं सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्न सघाउ पुर्‍याउँदै आएको बताएका छन्। साथै, हाम्रो देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा सावित हुनेछन् भन्ने आफूलाई पूर्ण विश्वास रहेको पनि प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार