साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी « Khabarhub

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.3k
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा साइकल  यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  ।

नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। 

साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।

उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : ०२ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५