गठबन्धनमा समस्या थियो, एमालेले पहलकदमी लिएकाले नयाँ बन्यो : शंकर पोखरेल « Khabarhub

गठबन्धनमा समस्या थियो, एमालेले पहलकदमी लिएकाले नयाँ बन्यो : शंकर पोखरेल


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पुरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन् ।

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै  महासचिव  पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए।

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ । ‘हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने ।

पुरानो सत्ता गठबन्धन भित्र समस्या भएको थाहा पाए पछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उनले प्रष्ट पारे । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो’, पोखरेलले भने ।

विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ । त्यसैले चारदलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताए।

पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेकोसमेत बताएका छन् । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्’, उनले भने। 

पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिदैँ  यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पारेका छन् ।

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उनले बताए। यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ । पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताए। 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  २ : १७ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको