एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी « Khabarhub

एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । 

गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिनु हुन्छ भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।

निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भएको उनले बताए । अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी भएको हो भने उनका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका हुन् । 

त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भएका छन् । एमालेमा ९९ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएर आउने र  १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ३ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका