साहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन « Khabarhub

साहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  साहित्यकार राम लामा ‘अविनाशी’द्धारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ । लामो  समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गरे।

यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसकेका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो । उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन् । साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, विरक्तिँदा खानी खोश्री, आफू गयौँ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली,  क्यार्यौ कुन्नी जस्ता आधुनिक गीतहरु श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।

सुरभी साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रा डा लुइँटेलले नेपाली साहित्य क्षेत्रको विकासमा राम लामाले खेलेको भूमिका सराहनीय रहेको बताए।

‘आफ्नो व्यापार व्यवसायबाट आम्दानी गरेको रकम साहित्य क्षेत्रमा लगानी गर्नु नेपाली साहित्य क्षेत्रका लागि गर्वको कुरा हो’, उनले भने। उक्त कृतिमा आप्रवासको झल्को पाइएको उनको भनाइ थियो । प्रा डा लुइँटेलले कृति सरल र  पठनीय रहेको उल्लेख गरे। 

पुस्तकको समीक्षा गर्दै नेपाल सरकारका पूर्वसचिव एवं समालोचक गोपी मैनालीले प्रवासमा रहेर नेपाली साहित्य, सङ्गीत र समाज सेवामा समर्पित व्यक्ति साहित्यकार लामा भएको बताए। साहित्य मनका वेदना पोख्न लेखिने गरेको उनको भनाइ छ । ‘पुस्तकमा विभिन्न क्षेत्रको वर्णन गरिएको छ, पुस्तक घटना, कथा, आख्यान, यात्रा सबैलाई समेटेको छ, उक्त कृति म पात्रमा आधारित भएर लेखिएको छ’, उनले भने ।

व्यवसायका साथ सिर्जना गर्ने, यात्राका साथ जीवन खोज्ने, जीवनको सार्थकता सेवा र समर्पणमा देख्ने र सबै परिवेशमा नेपाली पहिचान खोज्ने प्रवृत्तिले उनलाई छुट्टै पहिचानमा उल्लेख गरेको समालोचक मैनालीले बताए। उनले पुस्तकको भाषाशैली सरल रहेको बताए।

वरिष्ठ समालोचक एवम् पूर्वप्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरू विमोचनसँगै नेपाली साहित्यमा नयाँ इँटा थपिएको बताए। लेखकको मन नेपालमा र भौतिक शरीर अमेरिकामा भएको उनको भनाइ थियो । समालोचक मैनालीले किताब सरल र सहज भएको बताए। उनले कृति पठनीय भएको उल्लेख गरे।

वरिष्ठ समालोचक लीला लुइँटेलले संस्मरण लेख्ने काम सारै गाह्रो भएको भन्दै नयाँ कृतिका लागि लेखकलाई धन्यवाद दिनुभयो । पछिल्लो समय संस्करण लेख्ने चलन फस्टाउँदै गएको उनको भनाइ थियो ।  सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, वरिष्ठ पत्रकार प्रदीप चापागाइँ, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नेपाल चलचित्र क्षेत्रका निर्देशक आकाश अधिकारी, वरिष्ठ पत्रकार तारा बराल, लेखक केनी पाण्डेलगायतले प्रवासमा बसेर नेपाली साहित्य क्षेत्रको विकासमा साहित्यकार अविनाशीले पुर्‍याएको योगदान सबैका लागि उदाहरणीय रहेको बताए ।

साहित्यकार लामाले डा एपिजे अब्दुल कलाम इन्टरनेशनल अवार्ड २०२२, रारा राष्ट्रिय म्युजिक अवार्ड २०२२, हिमालयन इन्टरनेशनल जुरी अवार्ड २०२३ लगायतका उत्कृष्ट अवार्ड तथा सम्मानपत्र र पुरस्कार प्राप्त गरिसकेका छन् । उनले अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा कविडाँडा अविनाशी उत्कृष्ट पुरस्कारको प्रायोजन समेत गरे । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ४ : ०२ बजे

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००