प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार भएन : उपसभामुख राना « Khabarhub

प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार भएन : उपसभामुख राना


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरूमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन् । 

यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरूका लागि लगानी गर्नुपर्ने उनले बताइन् । उनले महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए । महिला अधिकारको नीति बनाउनका लागि आफूले सांसदहरूलाई प्रेरित गर्ने काम गरिरहेको उनले बताइन्।

कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : १७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६