लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित « Khabarhub

लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गुजरा नगरपालिका वडा नम्बर ९ मा खानेपानीबाट धारामा पानी नआउँदा करिब आधा दर्जन भन्दा बढी गाउँका उपभोक्ता मारमा परेका छन्।

अमतवा भवानीपुरमा रहेको पानी ट्यांकीको धाराको पानी अवरुद्ध भएको छ। खानेपानीको विद्युत लाइन काटिएपछि पानी आउन छाडेको हो। खानेपानीको बक्यौता महसुल बुझाउन नसक्दा लाइन काटिएको बताइएको छ। नेपाल विद्युत् प्राधिकरणको करिब ६ लाखभन्दा बढी बक्यौता रहेको बुझिएको छ।

बक्यौता महसुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ। विगत ४ दिन देखि धारामा पानी आउन छाडेपछि पानीको हाहाकार भएको  । उक्त पानीट्यांकीबाट अमतवा,भवानीपुर,भंगहा,जयराजपुर, दयालपुर,पर्ति टोल अमतवा गाउँमा घरघरमा धारा जडान गरिएको छ। तर पानी ट्यांकीबाट जडान गरिएको धारामा पानी आउन छाडेको छ।

खानेपानीको धारामा पानी नआउँदा उपभोक्तालाई खानेपानीको निकै समस्या भएको छ। धारामा पानी आउनै छाडेपछि खानेपानीका सयौँ उपभोक्ता सास्ती खेप्न बाध्य छन्। स्वच्छ खानेपानीको अभावमा अमतवा भवानीपुर खानेपानीका उपभोक्ता कलको दुषित पानी पिउन बाध्य भएका छन्।

समितिको हिसाब अपारदर्शिता, एउटै कर्मचारी खानेपानी र नपाको स्वास्थ्य शाखामा काम गर्नु, खानेपानी मिटर रिडिङ्ग, विल तथा रकम समयमा असुल हुन नसक्नु,खानेपानी दिदा पनि पानीको प्रेसर नहुनु,खानेपानीबाट पनि सिँचाई गरेको, कर्मचारीहरू तथा खानेपानी समितिको लापरवाही जस्ता जन समुदायको गुनासो रहेको छ।

धाराको पानीको लागि आफूहरू प्रत्येक महिना शुल्क बुझाउन तयार भए पनि कर्मचारीहरू प्रत्येक महिना बिल काट्न आउनै छाडेको उपभोक्ताको गुनासो छ। खानेपानीका कर्मचारीहरूको चरम लापरवाही रहेको उनीहरूको भनाइ छ। धारामा पानी नआउँदा कलको दुषित पानी खाँदा विभिन्न किसिमको रोग लाग्न सक्ने भन्दै उपभोक्ताहरूले तत्काल धारामा पानी दिन समितिसँग माग गरेका छन्।

यस विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनुठा धामी सँग बुझ्दा यस अघि प्राधिकरणलाई महसुल स्वरुप २ लाख बुझाएको जानकारी गराए। अझै अन्दाजी करिब ६ लाख बिद्युत् महसुल बुझाउन बाँकी रहेकोले प्राधिकरणले लाइन काटी दिएको बताए। छिट्टै लाइन जोड्न लगाइ उपभोक्ताको धारामा पानी पुर्याउन प्रयास गरिरहेको बताए। यो विषयलाई नगरपालिकामा पनि अवगत गराएको बताए। छिट्टै नै समस्या समाधान हुने आश्वासन दिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ५ : ३१ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति