तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त « Khabarhub

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट , मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् । 

उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत बिभिन्न समिति गठन गरेको छ । 

जसअनुसार राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने, आर्थिक पूर्वाधार समितिको नेतृत्व उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको नेतृत्व उपप्रधान एवं गृहमन्त्री, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीले नेतृत्व गर्ने प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै प्रवक्ता शर्माले नयाँ सत्तागठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाएको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताइन्। 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ३४ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर