झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई « Khabarhub

झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छैटौँ झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाईज युनाइटेड क्लबले जितेको छ ।

झापाको बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाईजले उपाधि चुमेको हो । 

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड क्लबले पहिलो पटक सहभागि हुँदै छैटौँ झापा गोल्डकप प्रतियोगिताको उपाधि हातपार्न सफल भयो । विजेता चर्च ब्वाईजले १३ लाख नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपबिजेता एपिएफ फुटबल क्लबले ७ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

चर्च ब्वाईजका लागी अवयामि फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजकै राजेश परियारले थप १ गोल गर्दै टिमको जित निश्चित पारे । परियारले फाकुन्लेको पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको  विभागीय टीम एपीएफले खेलमा गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार ब्यहोर्नु पर्यो । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ५५ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले