झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई « Khabarhub

झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छैटौँ झापा गोल्डकप फुटबलको उपाधि चर्च ब्वाईज युनाइटेड क्लबले जितेको छ ।

झापाको बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ फुटबल क्लबलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाईजले उपाधि चुमेको हो । 

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड क्लबले पहिलो पटक सहभागि हुँदै छैटौँ झापा गोल्डकप प्रतियोगिताको उपाधि हातपार्न सफल भयो । विजेता चर्च ब्वाईजले १३ लाख नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने उपबिजेता एपिएफ फुटबल क्लबले ७ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।

चर्च ब्वाईजका लागी अवयामि फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजकै राजेश परियारले थप १ गोल गर्दै टिमको जित निश्चित पारे । परियारले फाकुन्लेको पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए । पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको  विभागीय टीम एपीएफले खेलमा गोल गर्ने थुप्रै अवसर चुकाउँदा हार ब्यहोर्नु पर्यो । 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ६ : ५५ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु