फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक « Khabarhub

फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

सो गीतमा अथिति कलाकार नायक सलोन बस्नेत र नायिका पूजा शर्माको नृत्य छ । उनीहरूलाई जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सोभित बस्नेत र छुल्ठिम गुरुङले साथ दिएका छन् ।

गीतमा टंक बुढाथोकी स्वयंले संगीत भरेका हुन् । साथै, शिव विकको कोरियोग्राफी रहेको यो गीत विनोद सापकोटाले खिचेका हुन् ।

सोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘बद्री बहादुर’ चैत २३ बाट प्रदर्शनमा आउँदै छ । कमेडी जनरामा बनेको यस फिल्ममा जयकिशन बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव बस्नेत र वर्षा चौलागाई मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा सलोन र पूजाको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

एबी पिक्चर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको सो फिल्मको कार्यकारी निर्माता रवि अधिकारी र निर्माता मिथुन भोटे हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०९ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण