फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक | Khabarhub Khabarhub

फिल्म ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो ।

सो गीतमा अथिति कलाकार नायक सलोन बस्नेत र नायिका पूजा शर्माको नृत्य छ । उनीहरूलाई जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सोभित बस्नेत र छुल्ठिम गुरुङले साथ दिएका छन् ।

गीतमा टंक बुढाथोकी स्वयंले संगीत भरेका हुन् । साथै, शिव विकको कोरियोग्राफी रहेको यो गीत विनोद सापकोटाले खिचेका हुन् ।

सोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘बद्री बहादुर’ चैत २३ बाट प्रदर्शनमा आउँदै छ । कमेडी जनरामा बनेको यस फिल्ममा जयकिशन बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव बस्नेत र वर्षा चौलागाई मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा सलोन र पूजाको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

एबी पिक्चर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको सो फिल्मको कार्यकारी निर्माता रवि अधिकारी र निर्माता मिथुन भोटे हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ०९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका