सरकार परिवर्तन ठूलो कुरा होइन : महामन्त्री शर्मा  « Khabarhub

सरकार परिवर्तन ठूलो कुरा होइन : महामन्त्री शर्मा 


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठूलो विषय नभई संसदमा भएको  केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन्।

‘सरकार बदलिन्छ, बदलिन दिनुस्,’ सोमबार गृहनगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, ‘समाजमा व्यापक निराशा छ, साझा मञ्चमा उभिएर यो निरासा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।’  महामन्त्री शर्माले राजनीतिक दलमा कायम शंकाउपशंका र अविश्वास त्याग्नु पर्नेमा जोड दिए।  

‘संसदमा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठूलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,’ उनले भने, ‘यसमा अल्मलिएर समय बर्बाद गर्ने छुट कसैलाई छैन, राजनीतिक दलमा रहेको आशंका र अविश्वास त्यागेर मुलुक बनाउन लाग्नुपर्छ।’

मुलुक विकास साझा दायित्व भएकाले त्यसका लागि साझा संकल्प जरुरी भएको बताए। उनले जनप्रतिनिधिले गोजीको पैसा हालेर विकास गर्ने नभई बजेट र कामको संयोजन मात्रै गर्ने भएकाले आपसमा मिलेर अघि बढ्नु पर्ने धारणा राखे।

उनले  मिसन ८४ को कुरा गर्नुको कुनै अर्थ नभएको बताए । उनले भने, ‘मैले निरासाजनक कुरा गरेको होइन, ८४ सालसम्म मरिन्छ कि बाँचिन्छ, मिसन ८४ अर्थहीन र भावनाको लहड मात्रै हो।’ 

व्यस्त कार्यक्रमका बीच झापा आएका शर्मा धुलाबारी खानेपानीको २३औँ वार्षिकसभाछैठौं झापा गोल्डकपको समापनमा सहभागी भएर साँझ काठमाडौँ फर्कने बताएर उनले मुलुकको बदलिँदो राजनीति घटना क्रमका बारेमा थप टिप्पणी गरेनन्।  

झापा १ का सांसद समेत रहेका शर्माले आफूलाई  सिंहदरबारको संसद नभई स्थानीयबासी सम्झेर विकास निर्माणका काममा निरन्तर घच्घच्याउन क्षेत्रबासीसँग आग्रह गरे।

उपभोक्ता दुर्गादेवी खतिवडा र चन्द्र भण्डारीले धारणा राखेको कार्यक्रममा खानेपानीका पूर्व अध्यक्ष राम कट्टेल, अध्यक्ष धनकाजी खत्री, उपाध्यक्ष हिमालय आङ्देम्बे, सचिव उमेश सुवेदीले धुलाबारी खानेपानीको विगतको संघर्ष , वर्तमानको अवस्था र भावी कार्यक्रमका बारेमा स्पष्ट पारेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ३४ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी