बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

धरान । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो ।

मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । महेन्द्रले खेलको ७०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि ८०औँ मिनेटमा पुलिसका सञ्जिव लामाले मोरङका मौसम लिम्बूलाई ‘डी एरिया’ मा लडाएपछि मोरङले पेनाल्टी प्रहार गर्ने अवसर पायो । उक्त पेनाल्टीमा उमेशले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा मोरङका सुशीलले तेस्रो गोल गरे ।

जितसँगै मोरङले आयोजक धरान फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ‘म्यान अफ दी म्याच’ मोरङका उमेश कार्की घोषित भए ।

उनले रु १० हजार पुरस्कार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ०८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै

अक्षय कुमार–प्रियदर्शनको ‘भूत बंगला’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं– बलिउडका चर्चित निर्देशक प्रियदर्शन र सुपरस्टार अक्षय कुमारबीच १४

पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी

काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा

कोशी सरकारले सञ्चालनमा ल्यायो घुम्ती अस्पताल

काठमाडौं– कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको