बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

धरान । मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो ।

मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । महेन्द्रले खेलको ७०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यसपछि ८०औँ मिनेटमा पुलिसका सञ्जिव लामाले मोरङका मौसम लिम्बूलाई ‘डी एरिया’ मा लडाएपछि मोरङले पेनाल्टी प्रहार गर्ने अवसर पायो । उक्त पेनाल्टीमा उमेशले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा मोरङका सुशीलले तेस्रो गोल गरे ।

जितसँगै मोरङले आयोजक धरान फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ‘म्यान अफ दी म्याच’ मोरङका उमेश कार्की घोषित भए ।

उनले रु १० हजार पुरस्कार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : ०८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको