राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने « Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत आन्दोलन चैत्र २७ गते गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत्र १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रीत जनप्रदर्शनसहितको आन्दोलन एसइईका कारण चैत्र २७ गतेलाई सार्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

त्यस्तै बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा बिपक्षमा मत दिने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए । उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गनुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी नेता ठाकुर मोहन श्रेष्ठमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै थप अनुसन्धान गरि ४८ घण्टाभित्र प्रतिवेदन पेश गर्न अनुशासन समितिलाई निर्देशन दिइएको बताए ।

त्यस्तै इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी सहभागी हुने र उम्मेद्वार छनौटका लागि सम्बन्धी क्षेत्रका अध्यक्षलाई सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेका अध्यक्ष लिङ्देनले बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ९ : ३१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६