बौद्ध विश्वविद्यालय विश्वकै आकर्षण : विष्णु पौडेल « Khabarhub

बौद्ध विश्वविद्यालय विश्वकै आकर्षण : विष्णु पौडेल


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताएका छन् ।

बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेको स्थानमा हुनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उनले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताएका हुन् ।

रुपन्देहीको देवदहमा निर्माण भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको आज उद्घाटन गर्दै पूर्वमन्त्री पौडेलले पदाधिकारीले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया सुरु भएको बताए ।

उनले बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै विश्वविद्यालयलाई मुलुककै नमूना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब रु एक खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा रु एक खर्बको परियोजना सुरु भएको जनाउँदै उनले परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको बताए। “यो विशाल संरचना हो, रु एक खर्ब लागतमा सम्पन्न हुनेछ,” उनले भने, “पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ ।”

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १० : १९ बजे

तस्बिरमा हेर्नुहोस् जलमग्न इमाडोल, ढल निकास नहुँदा घर-पसलहरू डुबानमा

काठमाडौँ– लगातारको वर्षाका कारण ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित इमाडोल क्षेत्र

बुढानीलकण्ठमा देउवा पक्षको तेस्रो अधिवेशन (तस्बिरहरू)

काठमाडौँ – नेपाली कांग्रेसको देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शनिबार

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सवारीसाधन बीच बाटोमै रोकिए

काठमाडौँ– निरन्तरको वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको

भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण हुँदै

कञ्चनपुर– धार्मिक पर्यटनले पूर्व-पश्चिम जोड्ने उद्देश्यका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका-८

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’