बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २९ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल ११ तारिख। चैत शुक्ल पक्षको तृतिया तिथि।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ५ : २९ बजे

५०+ प्रकारका मःम र २०+ अचारसहित ‘बोटा मःम’ को भव्य कमब्याक

काठमाडौं- नेपालको सबैभन्दा परिचित स्वदेशी फुड ब्रान्डमध्ये एक बोटा मःम

भन्सार छलीका नौ लाख बराबरका सामान बरामद

वीरगन्ज– प्रहरीले नौ लाख ७६ हजार ८३० बराबरका खाद्यान्न तथा

नेपाललाई भारतले दियो भीमकाय लक्ष्य

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

जनकपुरधाम– मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि