अन्तिम बलमा रासिद खानले चौका हान्दा राजस्थानमाथि गुजरातको रोचक जित « Khabarhub

अन्तिम बलमा रासिद खानले चौका हान्दा राजस्थानमाथि गुजरातको रोचक जित


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेल रोचक बनेको छ। राजस्थान रोयल्सले ३ विकेटको क्षतिमा दिएको १९७ रनको चुनौती पछ्याएको गुजरात टाइटनले ७ विकेटको क्षतिमा अन्तिम बलमा १९९ रन बनाएर ३ विकेटको जित निकालेको हो। गुजरातका लागि अन्तिम बलमा २ रन आवश्कय थियो। ब्याटिङमा रासिद खान थिए। उनले १० बलमा २० रन बनाइसकेका थिए। अन्तिम बलमा चौका प्रहार गर्दै उनले १९९ रन बनाएर अपराजित राजस्थानलाई पाँचौं खेलमा पहिलो हार चखाएर गुजरातका लागि रोचक जित दर्ता गराएका हुन्।

पहिलो खेलमा पराजित राजस्थान ५ खेल खेल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ६ वटा खेल खेलेको गुजरात तीन खेलमा पराजित भएको छ। ६ अंक जोडेको गुजरात तालिकाको छैठौं स्थानमा छ।

टस जितेर गुजरातले राजस्थानलाई सुरुमा ब्याटिङको निम्तो दिएको थियो। गुजरातका लागि कप्तान सञ्जु स्यामसन र रियान परागले अर्धशतकीय इनिङ खेले। कप्तान सञ्जुले नटआउट ३८ बलमा ६८ रन बनाए। परागले ४८ बलको सामना गर्दै सर्वाधिक ७६ रन जोडेका थिए। ओपनर यशस्वी जैसवाल १९ बलमा २४ रन बनाएर आउट हुँदा जोस बटलर १० बल खेल्दै ८ रनमा आउट भएका थिए। सिंम्रन हेटमायर ५ बलमा १३ रन बनाएर नटआउट रहे। तीन विकेटको क्षतिमा राजस्थानले १९६ रन बनाएको थियो।

गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एकएक विकेट हात पारे।

१९७ रनको लक्ष्य पछ्याएको गुजरातका लागि कप्तान सुभमन गिलले ४४ रनमा सर्वाधिक ७२ रन बनाए। साई सुदर्शन ३५, राहुल तेवाटिया २२, विजय शंकर १६ रनमा समेटिए। रासिद खानले नटआउट ११ बलमा २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन्।

राजस्थानका लागि कुलदीप सेन ३, युजवेन्द्र चहल २ र आवेश खानले एक विकेट हात पारे। आईपिएल अन्तर्गत बिहीबार मुम्बई इन्डियन्स र आरसिबीको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७:४५ मा सुरु हुनेछ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : १८ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न