मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा « Khabarhub

मुगुको पर्यटकीय गाउँ मुर्मा अझै अँध्यारोमा


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको पर्यटकीय गाउँ मुर्मा अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा ताल नजिकै रहेको मुर्मा गाउँका स्थानीय अझै विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् ।

गाउँमा विद्युत विस्तार नहुँदा मुर्मा गाउँका स्थानीय विद्युत पहुँच  भन्दा बाहिर रहेका हुन । स्वर्गकी अप्सरा उपमाले परिचित रारा तालको सिरानमा सदिउँदेखि बसोबास गर्दै आएका मुर्माका ८५ घरपरिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् ।

आफूहरू लगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू रातीको समयमा अँध्यारोमै बस्नु पर्ने बाध्यता रहेको स्थानीयको दुखेसो छ ।

सदरमुकाम गमगढी बजार लगायत वरपरका बस्तीहरू बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएपनि पर्यटकीय मुर्मा गाउँ भने रातिको समयमा सधैँ अन्धकारले छोपिँदै आएको छ ।

सदरमुकाम गमगढीबाट करिव १ घन्टा  दक्षिणमा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्ट्रिय प्रसारण लायन समेत मुगुमा पुगिसकेको छ ।

तर अहिलेसम्म पर्यटकीय गाउँ मुर्मा, रारा लगायत सोरू, खतेड र कार्मारोङमा विद्युत लाइन विस्तारको काम अघि नबढ्दा बिजुली बाल्ने स्थानीयको धोको अधुरै रहेको छ ।

जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतीक्षा गर्दैमा दिन बित्ने गरेको छ ।

चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट मुर्मा गाउँमा विद्युत लैजान लाइन विस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले काम अलपत्र परेको छ ।

गमगाढ वितरण केन्द्रका प्रमुख साजन बहादुर ऐडीले चालु आर्थिक वर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउने लक्ष्य रहेको र ठेक्का मार्फत काम सुरु भइसकेकाले छिटै मुर्मा गाउँमा विद्युत पुर्‍याउने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ९ : ५४ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक