‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’ « Khabarhub

‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

गोरखा– पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो ।

पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए।

“पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ”, उनले भने । 

पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड र खानीबेँसी, माछीखोलाको एक-एक स्थानमा, खोर्लाबेँसी र मार्साका दुई-दुई स्थानमा बोर्ड राखिसकिएको अध्यक्ष गुरुङले जानकारी दिए। पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारीमा पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको उनले बताए । 

पदमार्गमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थानको उचाइ, गन्तव्य पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरीलगायत जानकारी सूचना बोर्डमा उल्लेख गरिएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार समितिले यसपटक तल्लो मनास्लु पदर्मागअन्तर्गत पर्ने विभिन्न २५ स्थानमा सूचना बोर्ड राख्न लागेको छ । 

केरौजाबेँसी, मार्सा, दोभानखोला, हुल्चुकस्थित कालपोखरी जाने र रुन्चेत जाने स्थान, यारुफाँट, हनिहन्टिङ गर्ने ठाउँ अन्तरबेँसी, सिङ्ला, थमन भिसीगाउँ,  यामगाउँ,  गुम्दा, भिरकोटलगायतका ठाउँमा सूचना बोर्ड राखिने अध्यक्ष गुरुङले जानकारी दिए। 

समितिमार्फत यसअघि पनि पदमार्गका विभिन्न पाँच ठाउँमा सूचना बोर्ड राखिएको थियो । मनास्लु पदमार्ग घुम्न आउने पर्यटकका लागि आफू पुग्ने गन्तव्यको पूर्वजानकारी लिन प्रभावकारी भएपछि अन्य ठाउँमा पनि बोर्ड राख्न लागिएको उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : ५५ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा