मंगोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान « Khabarhub

मंगोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उलानबटोरमंगोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार मंगोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो । 

सन्  २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मंगोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडीबीले गरेको छ ।   

प्रतिवेदनमा, बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ । 

सन् २०२३  मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताए ।

 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : १९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी