इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह « Khabarhub

इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

मस्को– मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयमता अपनाउन आग्रह गरेको छ । 

दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध नयाँ धम्की जारी गरेको छ । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरेका छन् । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भने,’यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ ।’ रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको आचरणको निन्दा गरेको थियो ।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो । यद्यपि गाजा युद्धले इजराइलसँग उसको सम्बन्धलाई बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ । 

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताए।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ५ : ३८ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी