वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग « Khabarhub

वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकभरका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन  माग गरेको छ । 

फेकोफनले आज एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरूको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनपर्ने माग गरेको हो ।

विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रुपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ । 

लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको सुरुआतलगायतका प्राकृतिक कारण र सचेतनाको कमी, लापरवाहीका कारण वन डढेलो लागेको भन्दै महासङ्घले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ । 

नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबीच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ । 

फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले  हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताएका छन् । 

उनले  वन डढेलो नियन्त्रणका लागि देशभरका सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएको अथक प्रयासप्रति हार्दिक धन्यवाद व्यक्त गरे । वन डढेलो नियन्त्रण गर्ने जस्तो जोखिमपूर्ण र पुनीत कार्यमा वन उपभोक्ता समूहले गरेको योगदानको कुनै न कुनै रुपमा उच्च मूल्यांकन हुने उनको भनाइ छ । 

पूर्वमनसुन प्रणाली सक्रिय नभएको र औसत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुनसक्ने सहजै अनुमान गर्न सकिने उनको भनाइ छ । 

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ८ : ०५ बजे

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली