संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन « Khabarhub

संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय संगीतकर्मी संघको लोक दोहोरी विशेष समिति गठन भएको छ। बुधबार गायक शंकर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा हरिमाया रायमाझी,महिला उपाध्यक्षमा निरू शर्मा, उपाध्यक्षमा जिपी सुनदास र नवराज काप्री ,महासचिवमा शिशिर शर्मा, सचिवमा विकास परियार, कोषाध्यक्षमा पुजा क्षेत्री निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै सहसचिवमा सागर राई, सह कोषाध्यक्षमा सरिता थापा मागर चयन भएका छन । समितिको प्रवक्तामा सविता परियार निर्वाचित हुँदा आरके गैरे, रिता कार्की, दीपक दर्जी, विक्रम कार्की, विष्णु बराल, श्रृष्टी शर्मा र रञ्जित विश्वकर्मा सदस्यमा निर्वाचित भएका छन ।

राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटुवालको उपस्थितिमा भएको उक्त कार्यक्रममा कटुवालले कलाकारको हकहितको लागि उक्त समिति गठन गरिएको बताए । कार्यक्रममा लोक दोहोरी कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ६ : ५३ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ