जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


२९ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जुम्ला — जुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कनकासुन्दरी गाउँपालिका–५ देखि गोठिजिउला जाँदै गरेको लु ५ च १४६० नम्बरको ट्र्याक्टर लोट्खुडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा सल्यान त्रिवेणी गाउँपालिकाका २७ वर्षीय वसन्त रेउले रहेका छन् । दुर्घटनामा घाइते भएका चालक रेउलेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १० : १५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने