आज २०८१ साल वैशाख २९ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २९ गते शनिबारको राशिफल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष  : सोचेर बोल्नु राम्रो हुनेछ । बोल्न नजान्दा शब्द जालमा पर्ने जोखिम रहेको छ । धन आर्जन गर्ने क्षेत्र धेरै छन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : साथीसँग व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । संकटमा साथीको सहयोग प्राप्त नहुने देखिन्छ । खर्च बढी हुनेछ । परिवारमा संयुक्त रुपमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा जाँगर बढ्नेछ । स्वास्थ्यमा देखिएको समस्यामा सुधार देखिने छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय राम्रो छ । आज मिठो भोजन मिल्ने छ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुनै परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

कर्कट : साथीले नै बदला लिने जोखिम देखिन्छ । यात्रा गर्नु परेमा पश्चिम जनानु राम्रो हुनेछ । सबै संकट समाधानका लागि शनिबार वर र पिपलको दर्शन गर्दा राम्रो हुनेछ । काम गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुनेछ ।

सिंह : समय राम्रो छ । दिन रमाइलोसँग बित्नेछ । पूर्व योजना अनुसार काम बन्ने देखिन्छ । शिक्षा र स्वास्थ्यको लगानीबाट सफलता प्राप्त हुनेछ । परिवारको सुझावमा गरेको काम सफल बन्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा मान र सम्मान बढ्ने योग रहेको छ ।

कन्या : कृषि क्षेत्रमा गरेको लगानीले उत्साहित बनाउने छ । शिक्षा क्षेत्रमा उन्नति हुनेछ । विदेशमा लगानी गरेको भए राम्रो आम्दानी हुनेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने देखिन्छ । पारिवारिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

तुला : सरस्वतीले तपाईंलाई माया गर्ने दिन छ । पठनपाठनमा मन जानेछ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । धेरै साथीले प्रशंसा गर्नेछन् । परिवारलाई समय दिन नसक्दा सम्बन्धमा खटपटी हुनसक्छ ।

वृश्चिक: मनमा झन्झट बढ्ने छ । शनिदेवलाई खुशी पार्न सकेमा धेरै काम बन्नेछन् । अढैया शनि चलिरहेकाले वर र पिपलमा पानी चढाएर त्यसलाई कटाउन सकिन्छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशका लागि गरेको प्रयास सफल बन्नेछ ।

धनु : कृषि क्षेत्रमा सफलता मिल्नेछ । पशुपालनमा फाइदा हुनेछ । कृषि कर्मले नाम र दाम दुवै प्राप्त हुनेछ । परिवारमा सुख र शान्ति रहनेछ । लगानी भए शिक्षा र स्वास्थ्यमासमेत राम्रो नतिजा देखिनेछ ।

मकर : ग्रह धेरै राम्रा छैनन् । हनुमान वा शिवजीको दर्शन गरेर दशालाई कटाउन सकिन्छ । धार्मिक संगतले मनमा उत्साह बढ्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यवहार गर्दा धार्मिक संगतको प्रभाव देखिनेछ ।

कुम्भ : शिक्षा क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । धेरै क्षेत्र विवादित भएकाले सचेत हुनुपर्ने देखिन्छ। परिवारमा अविश्वास बढ्नेछ । लगानी गर्नुअघि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ ।

मीन : अप्ठेरो ठाउँमा साथ नदिने साथी धेरै छन् । संगत गर्नु अगाडि सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने देखिन्छ । मन कमजोर हुने देखिन्छ । गुरुको दर्शन गरेर धेरै संकटलाई हटाउन सकिने छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ३७ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी