चतराधाम महाकुम्भ मेलामा चालीस लाख बढीले गरे स्नान « Khabarhub

चतराधाम महाकुम्भ मेलामा चालीस लाख बढीले गरे स्नान


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको हो ।

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवानको दर्शन गरेको मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले जानकारी दिए ।

मेला आयोजना गर्न सङ्घीय सरकारले ७० लाख र प्रदेश सरकारले ५५ लाख रुपैयाँ प्रदान गरेको थियो । मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए ।

कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुगेका थिए ।

प्राचीन हरिद्वारका नामले समेत प्रसिद्ध चतराधाममा २०५९ सालेखि पूर्णमहाकुम्भ मेला आयोजना हुँदै आएको छ । चतराधाममा प्रत्येक ६ वर्षमा अर्धकुम्भ र बाह्र वर्षमा पूर्णकुम्भ मेला लाग्नेगरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ३३ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर