गुजरातका ओपनर गिल र साईको ऐतिहासिक शतक : चेन्नाई ३५ रनले पराजित « Khabarhub

गुजरातका ओपनर गिल र साईको ऐतिहासिक शतक : चेन्नाई ३५ रनले पराजित


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सविरुद्ध गुजरात टाइटन्सका ओपनरले शतक बनाउँदै आईपिएल क्रिकेटमा नयाँ इतिहास लेखाएका छन्।

गुजरात ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङ्सले चेन्नई स्तब्ध भएको छ। नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३१ रन बनाएको थियो।

गुजरातका कप्तान गिलले सर्वाधिक १०४ रन बनाए। ५५ बल खेलेका उनले ९ चौका र ६ छक्का प्रहार गरे। आईपीएलमा गिलको यो चौथो शतक हो।

सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए। आईपीएलमा सुदर्शनको यो पहिलो शतक हो। पहिलो विकेटका लागि गिल र साईले २१० रनको साझेदारी गरेर इतिहास बनाएका छन्।

गुजरातका लागि शाहरुख खान २ रनमा आउट हुँदा डेभिड मिलर १६ रनमा नटआउट रहे। चेन्नईका तुषार देशपाण्डेले चार ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए।

२३२ रनको लक्ष्य पछ्याएको चेन्नाईका ओपनर पहिलो ओभरमै आउट हुँदा सुरुवाती ब्याटिङ खराब बनेको थियो। कप्तान रुतुराज गायकवाड तीन बल खेलेर शून्य रनमा आउट हुँदा अजिंक्य रहाणे पाँच बलमा एक र रचिन रविन्द्र
दुई बलमा १ रन जोड्दै आउट भए।

सुरुवाती ब्याटिङ लाइन धरापमा पर्दा सम्हालिएर खेलेको चेन्नई आठ विकेट गुमाउँदै १९६ रनमा समेटिएको हो। उसका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलीले ५६ रन बनाए। शिवम दुवे २१, रविन्द्र जडेडा १८ रनमा आउट हुँदा महेन्द्रसिंह ध्वनीले नटआउट २६ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

चेन्नईलाई सस्तैमा समेट्न गुजरातका लागि मोहित शर्माले तीन विकेट हात पार्दा राशिद खानले दुई विकेट लिए भने सन्दीप वारियर र उमेश यादवले एकएक विकेट हात पारे।

यो ऐतिहासिक जितसँगै तालिकाको पुछारबाट आठौं स्थानमा पुगेको गुजरातले १० अंक जोडेको छ।

जितसँगै गुजरातले प्लेअफमा पुग्ने सम्भावना जीवित राखेको छ । गुजरातको यो जितले चेन्नईसँगै लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सको प्लेअफ दौड गणितीय खेलमा निर्भर भएको छ।

गुजरातसँगको खेलमा पराजित भएपछि १२ अंकमा यतावत रहेको चेन्नइसँगै पाँचौँ र छैटौँ स्थानमाका दिल्ली र लखनउको पनि समान १२-१२ अंक छ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ६ : ३८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका