धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना | Khabarhub Khabarhub

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा. दिलीप सुब्बा र सचिव डा. रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गरे ।

त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने उल्लेख गर्दै त्यसका लागि केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताए ।

नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य रहेको भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी बताए । साथै उनले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ४३ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका