केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त « Khabarhub

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब चुनावी प्रचार गर्न पाउने भएका छन्।

सर्वोच्च अदालतबाट जमानत पाएपछि उनले चुनावको ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाउने भएका हुन्।
उनलाई शुक्रबार त्यहाँको सर्वोच्च अदालतले जुन १ सम्म अन्तरिम जमानत दिएको हो। उनले जुन २ तारिकमा अदालतमा उपस्थित हुनुपर्नेछ।

शुक्रबार केजरिवाल पाँच शर्तमा रिहा भएका हुन् । उनलाई ५० हजार रुपियाँ जमानतमा रिहा गरिएको हो । रिहा भए पनि उनलाई मुख्यमन्त्री कार्यालय र दिल्ली सचिवालयमा जान रोक लगाइएको छ ।

उनलाई कुनै सम्झौतमा हस्ताक्षर नगर्न अदालतले भनेको छ । केजरिवालले मुद्दाको किनारा नलागेसम्म मदिरा नीतिबारे कुनै पनि टिप्पणी गर्न पाउने छैनन् । उनलाई मदिरासँग सम्बन्धित कागज हेर्नसमेत रोक लगाइएको छ ।

यसअघि केजरीवालले जुन ५ सम्मको लागि जमानत पाउन अनुरोध गरेका थिए। तर चुनावको ४८ घण्टाअघि उनलाई प्रचार प्रसारमा कुनै रोक नलगाइएको अदालतले जनाएको छ।

अब सर्वोच्चको यो निर्णय ट्रायल अदालत जानेछ। दिल्लीमा २५ मेमा लोकसभाको सबै ७ सिटको लागि मतदान हुनेछ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई शुक्रबार जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।

केजरिवाल ५१ दिनपछि रिहा भएका हुन्। तिहाड जेलमा रहेका केजरीवालले जेलबाट छुटेपछि समर्थकलाई सम्बोधन गर्दै आफू तानाशाहविरुद्ध लडिरहेको बताएका छन्। उनले चुनावी प्रचारका लागि कार्यक्रम घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ५० बजे

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई

पर्सामा लागूऔषध गाँजासहित तीन जना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई  नियन्त्रणमा लिएको छ । 

राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा