केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त | Khabarhub Khabarhub

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अब चुनावी प्रचार गर्न पाउने भएका छन्।

सर्वोच्च अदालतबाट जमानत पाएपछि उनले चुनावको ४८ घण्टाअघिसम्म प्रचारप्रसार गर्न पाउने भएका हुन्।
उनलाई शुक्रबार त्यहाँको सर्वोच्च अदालतले जुन १ सम्म अन्तरिम जमानत दिएको हो। उनले जुन २ तारिकमा अदालतमा उपस्थित हुनुपर्नेछ।

शुक्रबार केजरिवाल पाँच शर्तमा रिहा भएका हुन् । उनलाई ५० हजार रुपियाँ जमानतमा रिहा गरिएको हो । रिहा भए पनि उनलाई मुख्यमन्त्री कार्यालय र दिल्ली सचिवालयमा जान रोक लगाइएको छ ।

उनलाई कुनै सम्झौतमा हस्ताक्षर नगर्न अदालतले भनेको छ । केजरिवालले मुद्दाको किनारा नलागेसम्म मदिरा नीतिबारे कुनै पनि टिप्पणी गर्न पाउने छैनन् । उनलाई मदिरासँग सम्बन्धित कागज हेर्नसमेत रोक लगाइएको छ ।

यसअघि केजरीवालले जुन ५ सम्मको लागि जमानत पाउन अनुरोध गरेका थिए। तर चुनावको ४८ घण्टाअघि उनलाई प्रचार प्रसारमा कुनै रोक नलगाइएको अदालतले जनाएको छ।

अब सर्वोच्चको यो निर्णय ट्रायल अदालत जानेछ। दिल्लीमा २५ मेमा लोकसभाको सबै ७ सिटको लागि मतदान हुनेछ।

न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई शुक्रबार जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।

केजरिवाल ५१ दिनपछि रिहा भएका हुन्। तिहाड जेलमा रहेका केजरीवालले जेलबाट छुटेपछि समर्थकलाई सम्बोधन गर्दै आफू तानाशाहविरुद्ध लडिरहेको बताएका छन्। उनले चुनावी प्रचारका लागि कार्यक्रम घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ८ : ५० बजे

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको