राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी « Khabarhub

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आगामी जेठ १ गते बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तयारीमा जुटेको छ ।

यसका लागि विभिन्न तहमा छलफल भइरहेको कांग्रेस संसदहरुको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संघीय संसद् सचिवालयका अनुसार जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरिएको छ ।

यो बेला कांग्रेसले सदन अवरोध नगर्ने तयारीका विषयमा छलफल चलिरहेको छ । १ गतेभन्दा अगाडि नै सहमति गरेर कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने तयारीमा सबै दलहरू जुटेका छन् । यसबारे कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘हामी छलफलमा छौँ । सल्लाह गर्छौ ।’

यता एमाले प्रमुख सचेतक महेश बर्तौला पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले नीति तथा कार्यक्रम नै रोक्न नहुने तर्क गर्छन् । उनले भने, ‘मिलेर जान्छ ।’

कांग्रेसले नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने गरी अडान कायम राखेमा नयाँ खालको राजनीतिक घटनाक्रम विकास हुने सत्ता पक्षका नेताहरू बताउँछन् ।

अहिले देउवा निवास बूढानीलकण्ठमा यसबारे छलफल गर्न पदाधिकारी बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ४४ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको