जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै « Khabarhub

जनकपुरधाममा ‘युथ कार्निभल’ हुँदै


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– क्षमतावान युवाहरूलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निभल’ हुन लागेको छ । आगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा सो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुने दुई दिवसीय कार्यक्रममा चार वटा विमर्शको सत्र राखिएको आयोजक संस्थाका प्रतिनिधि गौतम शर्माले जानकारी दिए ।

उनका अनुसार ‘व्यापार : हिजो, आज र भोलि’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नवशिकारु युवाहरूलाई राखेर छलफल गराइने छन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यापार र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नको लागि २५ वटा स्टल पनि राखिएको चौधरीले बताए ।

सांस्कृतिक कार्यक्रम र मोटिभेसनल स्पीच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आदर्श मिश्रा पनि आउने कार्यतालिका रहेको उनले बताए ।

क्षमतावान युवाहरूलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको भनाइ छ । यस कार्यक्रममा प्रत्यक्ष रुपमा दुई हजारभन्दा बढी युवाहरूमा क्षमता अभिवृद्धि गराउने आयोजकको लक्ष्य छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको