अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काँक्रेबिहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिए मात्र लक्ष्यमा पुग्न सकिने बताएका छन्  । 

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए । 

कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरूप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताए। कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उनको भनाइ छ । 

त्यस्तै, सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए। कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिएको उनको भनाइ छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको उनले दाबी गरे। धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : ३२ बजे

भेडेटारको ‘चार्ल्स भ्यूपोइन्ट जब ‘स्काइवाक टावर’ बन्यो (तस्बिरहरू)

धरान– बेलायतका तत्कालीन युवराज चार्ल्स घुम्दै आउँदा चढेको शैलुङ डाँडा

कृषि उपजलाई बजार अभाव

म्याग्दी– पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका

पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो

वालिङ– पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर

वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज– प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग हुनेछ : मन्त्री शाही

काठमाडौ‌ँ– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा