एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित  « Khabarhub

एमाले कपिलवस्तुको अध्यक्षमा बाबुराम खनाल निर्वाचित 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कपिलवस्तुको १०औं जिल्ला अधिवेशनबाट बाबुराम खनाल जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् ।

शुक्रबार साँझ सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । खनालले २७८ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष शर्माले २५३ मत पाए ।

यसैगरी उपाध्यक्षमा शंकर पाण्डे १०८ मतान्तरले विजयी भएका छन् । शंकरले ३०२ मत प्राप्त गर्दा प्रत्यासी भेषराज पाण्डेले २१० मत पाएका छन् । सचिवमा सिवि गहतराज ३०४ मत ल्याउँदा विश्व कार्कीले २१२ मत प्राप्त गरेका छन् ।

उपसचिवको खुलातर्फ देविबहादुर पोख्रेलले १४७ मत र महिलातर्फ सुशीला दर्लामीले ३३२ मत ल्याई निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : ५१ बजे

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा

गगन–विश्वको प्रशंसा, देउवाको खोजी

काठमाडौं- भदै २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस पार्टी