म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई « Khabarhub

म मन्त्री हुने योजनामा छैन, सुशीलाजी पनि हुनुहुन्न : अशोक राई


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफू मन्त्री हुने लाइनमा नभएको स्पष्ट पारेका छन् ।

उनले शनिबार खबरहबसँग कुरा गर्दै आफू र आफ्नी पत्नी सुशीला श्रेष्ठ मन्त्री हुने कुनै तयारीमा नरहेको बताए ।

उनले भने, ‘अहिले हामी पार्टी बनाएर जान्छौँ । यदि सरकारमा हामीले कसैलाई पठाउनुपर्ने भाग आयो भने साथीहरूलाई पठाउने हो । हामी लामो राजनीतिक यात्रामा होमिएका छौँ । साथीहरूलाई मिलाएर लान्छौँ ।’

पछिल्लो समय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट निकालेर राई निकट सांसदलाई मन्त्री बनाउने चर्चा सुरु भएको छ  । तर यसमा प्रधानमन्त्रीले कुनै विकल्प दिएका छैनन् ।

यादवले भने आफूलाई सरकारमा काम गर्न ‘कम्फरटटेबल’ नभएको महसुस गरिरहेका छन् ।

नयाँ जसपाका अध्यक्ष राई केही दिन अघि उपप्रधानमन्त्रीसहित मन्त्री दिए आफू नै सरकारमा जान तयार रहेको चर्चा थियो । तर पछिल्लो समय उनी पछि हटेका छन् । मन्त्री बन्नुभन्दा पनि पार्टी संगठन विस्तारमा लाग्ने उनको तर्क छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १२ : ५५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले