छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि « Khabarhub

छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् । 

नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन  भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो । 

चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे । फरक प्रसङ्गमा उनले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उनले आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ०५ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै