रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’ « Khabarhub

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्म मात्रै भएको उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न पनि आग्रह गरेका छन् । 

उनले लेखेर्काछन् ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ वालाको संगतले पुर्‍याउने सत्तासम्म हो । तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनुपर्छ । म हुन्नँ भने यो कुर्सी नै भाँचिदिन्छु वालाको संगतले पुर्‍याउने ओठेजवाफसम्म हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनुपर्छ ।’

कार्कीले थप लेखेका छन्‌, ‘अघिल्लो स्टाटस लेखेको थिएँ – हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरुङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शिता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दु:खद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ । पटक पटक लेख्छु, आँखा खोलौँ ।’

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ४३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल