रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् - 'अब आँखा खोलौं' | Khabarhub Khabarhub

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन् – ‘अब आँखा खोलौं’


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्म मात्रै भएको उल्लेख गरेका हुन् ।

रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न पनि आग्रह गरेका छन् । 

उनले लेखेर्काछन् ‘अनेक गरिन्छ, तर सत्ता जोगाइन्छ वालाको संगतले पुर्‍याउने सत्तासम्म हो । तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफूप्रति गरेको आशा गुमाउनुपर्छ । म हुन्नँ भने यो कुर्सी नै भाँचिदिन्छु वालाको संगतले पुर्‍याउने ओठेजवाफसम्म हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनुपर्छ ।’

कार्कीले थप लेखेका छन्‌, ‘अघिल्लो स्टाटस लेखेको थिएँ – हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरुङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शिता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दु:खद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ । पटक पटक लेख्छु, आँखा खोलौँ ।’

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  १ : ४३ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’