लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग  « Khabarhub

लिम्पियाधुरा, लिपुलेकमा भारतीय विस्तारवाद रोक्न युवा संघ नेपालको माग 


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता घटक दल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले माइतीघर मण्डलामा राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम सम्पन्न गरेको छ । 

एकीकृत समाजवादीका युवाले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिको विरुद्ध हाम्रो नोटमा हाम्रै देश, आन्तरिक मामिलामा नगर हस्तक्षेप नेपालको पश्चिमसम्मको भेग, लिम्पियाधुरा लिपुलेक उठौँ युवा एकै साथ रोकौँ भारतीय विस्तारवाद लगायतका नारा बोकेर बाइक र्‍याली  गरेको हो । 

युवा संघ नेपालले एमसीसीको के हो व्याख्यात्मक टिप्पणी के भो ? लगायतको नारा लिएर ४०० वटा बाइक र्‍याली गर्दै माइतीघरमा कोण सभा गरेको थियो । 

नेपालले एक सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्दा भारतले अतिरञ्जना गरी रहेको कारण नेपालको स्वभिमानलाई उच्च राख्नका लागि युवा दबाब कार्यक्रम  गरेको युवा संघका नेता विशाल लामाले बताए ।  

उक्त सभालाई युवा संघका अध्यक्ष कृष्ण बिक, प्रवक्ता सन्जिप राई लगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले भ्रष्टाचार र बेथितिको विरुद्धमा युवा संघ नेपालको आवाज सधैँ जनताको पक्षमा रहेकाले वर्तमान सरकारलाई जनताको जनजिविकाको सन्दर्भमा पनि आवाज बुलन्द पार्न दबाब दिए । 

नेपालको पश्चिमसम्म भू-भाग लिम्पियाधुरा, लिपुलेकलाई सरकारले आफ्नो भू-भाग बनाएर त्यहाँका नेपालीलाई  शान्तिसँग बस्न दिने वातावरण सिर्जना गर्नुपर्ने प्रवक्ता राईको माग छ । उनले सो क्षेत्रमा भारतीय हस्तक्षेप भएको भन्दै यसलाई रोक्न सरकारले छिटो पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ५४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता