क्यानाडाको पश्चिमी प्रान्तको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर « Khabarhub

क्यानाडाको पश्चिमी प्रान्तको जंगलमा लागेको डढेलो नियन्त्रणबाहिर


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाको पश्चिमी प्रान्त अल्बर्टामा जंगलमा लागेको नियन्त्रणबाहिरको डढेलोका कारण दुई समुदायका लागि शुक्रबार राति निकासीको चेतावनी जारी गरिएको छ ।

 उक्त दुई समुदाय ‘फोर्ट म्याकमुरे’ र ‘सप्रे क्रिक एस्टेट’ का थिए । आगो हाल फोर्ट म्याकमुरेको २५ किलोमिटर दक्षिणपश्चिममा रहेको र धुवाँले फोर्ट म्याकमुरेको दक्षिणी राजमार्ग ६३ मा दृश्यतालाई असर गर्न सक्छ ।

प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छोटो सूचनामा खाली गर्न तयार रहन जानकारी दिइयो । क्यानाडाली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार शुक्रबार देशभर एक सय १७ वटा आगो सक्रिय रूपमा लागिरहेको छ र तीमध्ये ३३ वटा नियन्त्रण बाहिर रहेका छन् ।

क्यानाडा सरकारले देशभर सामान्यभन्दा माथिको तापक्रमले ठूलो जंगली डढेलोको जोखिम निम्त्याउन सक्ने बिहीबार चेतावनी दिएको छ । सन् २०२३ मा क्यानाडाको डढेलोको सिजन रेकर्डमा सबैभन्दा विनाशकारी हो ।

क्यानाडाको राष्ट्रिय फायर डाटाबेसका अनुसार सन् २०२३ मा देशभर सात हजार एक सय ३१ आगलागी हुँदा १७ करोड दुई लाख तीन हजार छ सय २५ हेक्टर जमिन जलेको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : १५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा