खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई | Khabarhub Khabarhub

खानेपानीको समस्या अन्त्य गर्छौँ : मन्त्री राई


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गाखानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरूपमा अन्त्य गरिने बताएका छन् । आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको  अभाव सधैँका लागि अन्त्य हुनेगरि सरकारले काम गरिरहेको बताएका हुन्  ।

मन्त्री राईले देशका कतिपय ठाउँमा अझै  खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्‍याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिए। पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उनको भनाइ छ । 

‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ’, मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आमनागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।’ आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति एवं सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको समस्या रहेकाले बजेट व्यवस्था गरिदिन मन्त्री राईलाई आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद यज्ञराज सुनुवारले ओखलढुङ्गामा संघीय खानेपानी आयोजनाको कार्यालय नहुँदा खानेपानीका ठूला आयोजना सञ्चालन नभएको बताए । उनले संघीय खानेपानी कार्यालय स्थापना गर्न मन्त्री राईलाई अनुरोध गरे । आफू सांसद हुँदा जिल्लामा सुरु भएका खानेपानी आयोजनामा बजेट नहुनु र नयाँ योजना ल्याउन नसक्नु दुःखद् भएको उनको भनाइ थियो । 

कार्यक्रममा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य मानवीर राई, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, स्थानीय उपभोक्तालगायत सहभागी थिए।

ओखलढुङ्गामा सह-लगानी अन्तर्गत संघीय सरकारको आठ करोड ६४ लाख ८० हजार सात सय ६५, उपभोक्ताको नगद लगानी एक करोड २३ लाख ५४ हजार तीन सय ९५ र उपभोक्ताको दुई करोड ४७ लाख आठ हजार सात सय ९० बराबरको श्रमदान गरी कूल १२ करोड, ३५ लाख ४३ हजार नौ सय ५० लाख लागतको योजना सञ्चालन गरिएको थियो ।

योजना लागत अनुमानभन्दा कम खर्चमै सम्पन्न भएको छ । सगरमाथा घिमिरे निर्माण सेवाले सात करोड ७८ लाख २५ हजार एक सय ६८ रुपैयाँ ४७ पैसामा ठेक्का लिएको थियो । विसं २०७५ असार २५ देखि सुरु भएको योजनाको काम २०८० असारमा सम्पन्न भएको थियो ।

 सह-लगानी खानेपानी योजना सञ्चालन भएपछि ओखलढुङ्गा सदरमुकाम क्षेत्रमा खानेपानी समस्या समाधान भएको योजनाका सचिव रुपेश शाक्यले बताए । विगतमा सदरमुकाममा खानेपानीको समस्या थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : २८ बजे

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’

कविता : ऐठन

साँच्चै,म सपनामा छुया विपनामा ?न निदाएको छु,न म ब्युँझेकै छु।सायद