अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु « Khabarhub

अफगानिस्तानमा भीषण बाढी, ८० भन्दा बढीको मृत्यु


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लगातार वर्षापछि चलेको भीषण बाढीबाट अफगानिस्तानमा जनजीवन नराम्ररी प्रभावित भएको छ । शनिबार दिउँसोसम्म बाढीका कारण ८० जनाभन्दा बढीको ज्यान गएको सत्तारुढ तालिबानले जानकारी दिएको छ ।

बाढीमा सयौं मानिसहरू घाइते भएका र हराइरहेका पनि बताइएको छ । राजधानी काबुलस्थित संयुक्त राष्ट्र संघ कार्यालयले पनि बाढीका कारण भएको मानवीय हताहतीबारे जानकारी दिइरहेको छ ।

बाढीबाट बगलान प्रान्तवासी बढी प्रभावित भएका छन् । बाढीमा फसेका सयौं मानिसहरूलाई तत्काल उद्दार गर्नुपर्ने स्थिति छ ।

अफगानिस्तानको गृह मन्त्रालयले बाढीपीडित उद्धार गर्न शुक्रबार राति हेलिकोप्टर पठाइएको, तर जडित लाइटको क्षमताले उडान निरन्तरता दिन नसकेपछि फर्काइएको जनाएको छ ।

बगलानमा बाढीबाट दुई हजारभन्दा बढी घर, तीन मस्जिद र चार विद्यालयमा निकै क्षति पुगेको छ । बाढीको जोखिमकै कारण तालिबान सरकारले उत्तरी अफगानिस्तानलाई काबुलसँग जोड्ने सडक बन्द गरिदिएको छ ।

बाढी प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा व्यवस्था गरेको तालिबानले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : १८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर