एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत « Khabarhub

एकीकृत समाजवादी बैठक : महाधिवेशनमा पेश हुने दस्तावेज प्रस्तुत


२९ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरू प्रस्तुत गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा शनिबार बसेको समाजवादीको बैठकमा अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनको मस्यौदा पेश गरेका थिए । त्यस्तै बैठकमा संगठनात्मक प्रस्ताव र विधान मस्यौदा प्रस्तावका साथै सम्मानित नेता झलनाथ खनालले समाजवादी प्रारूप प्रस्ताव प्रस्तुत गरेको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

त्यस्तै बैठकमा पार्टी अध्यक्ष र महासचिवले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । स्थायी कमिटी बैठकमा साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले धारणा राखेका थिए । अन्य सदस्यहरूले आइतबारको बैठकमा धारणा राख्ने र आइतबार नै स्थायी कमिटी बैठक सकिने प्रवक्ता खतिवडाले बताए । 

उनले पार्टीभित्र फुटका बारेमा कुनै चर्चा नभएको जिकिर गरे‍ । संसद्‌मा कांग्रेसले उठाएका विषय जायज भएको भन्दै प्रवक्ता खतिवडाले संसद्को अवरोध हटाउनका लागि सरकार र सभामुख गम्भीर हुनुपर्ने बताए ।

स्थायी कमिटी बैठक लम्विएपछि पोलिटब्युरो बैठक बैशाख ३१ र जेष्ठ १ गते तथा केन्द्रीय कमिटी बैठक जेठ २ गतेबाट बस्ने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ५ : ४८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका